ज्योति ग्रुपमा लफडा: आफ्नै काकालाई ठगी गरेको मुद्दा खेप्दै सौरभ र सुहृद

२०७७ श्रावण ४ आइतबार १०:०७:०० मा प्रकाशित

नेपालको व्यावसायिक क्षेत्रमा एउटा इतिहास बोकेको ‘ज्योति ग्रुप’ एकपछि अर्को काण्डमा फस्दै गएको छ । ग्राहकलाई ठगी गरेको आरोपमा पक्राउ परेका यस ग्रुपका सञ्चालकहरू अहिले एकले अर्कोलाई ठग्यो भन्दै प्रहरी प्रशासनको शरणमा पुगेका छन् ।

पारिवारिक सदस्यहरू नै सञ्चालक रहेको यो ग्रुपमा अन्य साझेदारले होइन आफ्नै दाजुभाइले एक–अर्कालाई ठगी गरेको, झुक्काएको, विश्वासघात गरेको भन्दै प्रहरीलाई गुहार्न पुगेका हुन् । प्राप्त जानकारीअनुसार ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू सौरभ ज्योति र सुहृद ज्योतिविरुद्ध महानगरीय प्रहरी परिसरको अपराध अनुसन्धान महाशाखामा उजुरी गरेका हुन् । डा. रुप ज्योतिले भतिजहरूले छल गरी कम्पनी हत्याएको, सम्पत्ति खोसेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।

डा. रुप ज्योतिले पर्साको परवानीपुरस्थित आफ्नो नाममा रहेको पाँच बिगाह जग्गा जेठो भतिज सौरभले बिक्री गरेको र कान्छो भतिज सुहृद आप्mनो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीमा ‘कर्पोरेट फ्रड’ गरी करोडौं रुपियाँ डुबाएको ओराप लगाएका छन् । स्रोतका अनुसार सुहदले आफ्नो ग्रुपअन्तर्गत रहेको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीका विरुद्ध भाजुरत्न प्रालि नामक कम्पनी खोलेका छन् ।

त्यति मात्रै होइन भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीले बिक्री गर्दै आएको ट्याक्टरको डिलरसिप खोस्नुका साथै सो कम्पनीको स्वामित्वमा रहेको २० करोड रुपियाँभन्दा बढीको सामान पनि उठाएका छन् । वर्षौंदेखि भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीमा कार्यरत कर्मचारीलाई जबरजस्ती राजीनामा दिन लगाएर भाजुरत्न प्रालिमा नियुक्त गरेका छन् । कम्पनीको कम्प्युटर नेटवर्किङमा काकाको पहुँचबाट टाढा राखेको आरोप छ ।

‘ज्योति ग्रुपको पारिवारिक स्रोतले भन्यो–‘पर्साको परवानीपुरको जग्गा काण्डभन्दा भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीविरुद्ध अर्को कम्पनी खोलेर व्यापार खोसेकोमा रुप ज्योतिलाई भतिजहरूदेखि रिस उठेको देखिन्छ’, स्रोतले अगाडि भन्यो– ‘२० करोड रुपियाँभन्दा बढीको सामान १३ करोडमा आफैं ‘अन्डर बिलिङ’ गरी लिए पनि भतिजले हालसम्म पैसा नै नतिरेको, एक्कासि व्यापार खोसिँदा बजारमा ५० करोड रुपियाँको भन्दा बढीका सामान सप्लाई भएको अवस्थामा कर्मचारीसमेत लगिदिँदा त्यो डुब्न सक्ने खतरा रहेको भन्दै रूप ज्योतिले आफूलाई भतिजहरूले डुबाएको गुनासो गर्दै आएका छन् ।’

‘अण्डर बिलिङको विषयमा करले शतप्रतिशत जरिवाना गर्न सक्ने र दाजुभाइको लफडा भनेर कर र बैंकले नछोड्ने भएकाले रुप ज्योतिमाथि बर्सिने डन्डाबाट जोगाउन पारिवारिक सहमतिमै कानुनी उपचार खोजेको हुन सक्ने देखिएको छ । केही पुराना कुरा पनि उब्जिएका छन् । जग्गा बिक्री काण्डमा बिजेन्द्र मल्लको उजुरीमा ठगी प्रकारणमा रुप ज्योति र उनकी छोरी सुरुची पक्राउ परेपछि दाजुको परिवारले आफ्नो ‘इन्स्ल्ट फिल’ गर्दा किचलो बढेकाले रुप ज्योतिले मौकामा बदला लिन प्रहरीका उजुरी गरेको हुन सक्छ । उक्त जग्गा ल्यान्डमार्क प्रालिले बिक्री गरेको थियो । त्यसमा दाजुका परिवारका सदस्य पनि झण्डै जेल गएका थिएनन्’ –पारिवारिक स्रोतले नेपाल समाचारपत्रलाई बतायो ।

ज्योति ग्रुपभित्रको विवाद के हो र त्यो उजुरी कहाँ पुग्यो भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाले ज्योति परिवारको विवाद परिवारभित्रै मिलाउन आफूले सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यो उजुरी हेर्दा पारिवारभित्रको रहेछ, हामीले दुवै पक्षलाई राखेर तपाईंहरू चार्टर्ड एकाउन्टेन्ट र कानुनी सल्लाहकार राखेर छलफल गरी टुंगाउनुहोस् भनेर केही दिनको समय दिएका छौं ।’ ज्योति ग्रुपको विवाद प्रहरीले भन्दा पनि कम्पनी रजिष्टार कार्यालय र अदालतबाट टुग्याउनुपर्ने विषय धेरैछन् । अस्ति एउटा पक्षको मुद्दा अगाडि बढेमा अर्को पक्षले पनि मुद्दा हाल्ने तयारीमा आएको रहेछ । हामीले पारिवारभित्रको विवाद तपाईंहरू जस्तो प्रतिष्ठित समूहले परिवारभित्रै मिलाउ“दा राम्रो हुन्छ भनेर समय दिएका छौं, एसएसपी दीपक थापाले भन्नुभयो ।

नेपाल समाचारपत्रले तपाईंले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिनुभएको रहेछ, घटनाको बास्तविकता के हो भनेर डा. रुप ज्योतिसँग प्रश्न गर्दा उहा“ले आफ्नो पारिवारभित्रको विवाद अहिले मिल्ने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रहरीले हामीलाई थप समय दिएको छ, त्यो समयभित्र हामीले सर्टआउट’ गर्ने क्रममा छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघको आसान्न महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार रहेका सौरभ ज्योति र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायीलाई व्यावसायिक आचारसंहिता, व्यावसायिक मर्यादा सिकाउने संस्था राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) का पूर्वअध्यक्षसमेत पद्म ज्योतिको परिवारभित्र देखिएको यो किचलो अन्य व्यावसयिक घरानालाई समेत गतिलो पाठ भएको छ ।

एउटा युग बोकेको व्यावसायिक घरानामा गैरव्यावसायिक गतिविधि हुनु दुखद् रहेको नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै नेपाल समाचारपत्रस“ग बताए ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर