प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

२०७७ श्रावण ४ आइतबार ०९:००:०० मा प्रकाशित

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नम्बर २स्थित रुमले भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन्।

गएराति ११ वजेतिर भएको दुर्घटनामा परि सातै जनाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए। ट्याक्टरमा ८ जना सवार रहेको र एकजना भने सामान्य घाइते भएका छन्। ति एकजना भने ट्याक्टरबाट हामफालेका थिए। मृतकहरुको पहिचान भने हुन सकेको छैन।  

स्वर्गद्धारी मन्दिर नजिकै रहेको धरमपानी बजारबाट भिंग्रीतर्फ फर्किरहेको अवस्थामा ट्याक्टर दुर्घटना भएको हो। डिएसपी कार्कीकाअनुसार त्यहाँ सडक निर्माणको काम भैरहेको छ। उक्त ट्याक्टरमा सवारहरु त्यहि सडक निर्माणको काममा खटिएका मजदुरहरु हुन्।  

भिंग्रीतर्फ पर्कने क्रममा राति हुस्सु लागेको र ट्याक्टर अनियन्त्रित भई भिरबाट खसेको डिएसपी कार्किले जानकारी दिए। उनका अनुसार ट्याक्टर झण्डै तीनसय मिटर तल खसेको छ। ‘राति बाक्लो हुस्सु लागेका कारण चालकले बाटो देखेनछन्, अनि ट्याक्टर भिरबाट सोझै तल खसेको रहेछ,’डिएसपी कार्कीले भने। 
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर