उद्योग वाणिज्य संघमा ढकाल समूहको उम्मेदवारी घोषणा

२०७७ असार ३१ बुधबार ०९:२१:०० मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनमा हुने ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी साथ आफ्नो टिम घोषणा गरेको छ । वर्तमान उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष ढकालले हिजो मंगलबार राजधानीमा आफ्नो समूहका अन्य उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका थिए । आईएमई ग्रुपका अध्यक्ष ढकालको हाल बैंक तथा वित्तीय क्षेत्र, केबलकार, अटोमोबाइल्स र होटल-रिसोर्टमा ठूलो लगानी रहेको छ

उनले आगामी तीन वर्ष शेखर गोल्छा नेतृत्व गर्ने वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छाले आफ्नो प्रतिस्पर्धी किशोर प्रधान समूहलाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै आफूहरूले आगामी चुनाव जितेर गोल्छाकै नेतृत्वको सारथी हुने बताए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले गोल्छालाई पनि आफूहरूले यसअघि महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वातावरण बनाउन खेलेको भूमिकालाई नभुल्न आग्रह गरे । आफूहरूले निर्वाचन जितेपछि महासंघलाई ठूला मात्र नभएर साना उद्योगीलाई पनि समेटेर अघि बढी साझा चौतारी बनाउन चाहेको बताए । उनले आगामी निर्वाचनमा आफ्नो समूहका व्यवसायीलाई जिताउन आमव्यवसायीलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका थिए । आईएमई ग्रुपका अध्यक्ष ढकालको हाल बैंक तथा वित्तीय क्षेत्र, केबलकार, अटोमोबाइल्स र होटल-रिसोर्टमा ठूलो लगानी रहेको छ । उनले पछिल्ले समय मुलुकको पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूत पनि हुन् ।

ढकाल समूहको जिल्ला-नगर संघको तर्फबाट उपाध्यक्षमा गुणनिधि तिवारीले उम्मेदवारी दिने छन । तिवारी वर्तमान महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष हुन् । यसैगरी, वस्तुगत उपाध्यक्षको तर्फबाट वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठले नै दोहो¥याएर उम्मेदवारी दिनेछन् । देशकै ठूलो राजनीतिक घरानाका भएर पनि उद्योगमै रमाएका श्रेष्ठ वस्तुगततर्फबाट महासंघ प्रवेश गरेका सफल व्यवसायी हुन् । उनी नेकपाका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठका छोरा हुन् । श्रेष्ठ अहिले महासंघका वर्तमान उपाध्यक्ष हुन् । यसअघि तीन कार्यकाल महासंघको सदस्य भएर उनी वस्तुगत उपाध्यक्षमा निर्वाचित भएका थिए । यसअघि श्रेष्ठ लगातार तीन कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्ष पनि थिए ।

त्यसैगरी, ढकालकै समूहको एसोसिएट उपाध्यक्षका तर्फबाट रामचन्द्र संघईले उम्मेदवारी दिने छन । त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक संघाईलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सीआईपी सम्मान पनि गरेको थियो । हाल संघाईले धागो उत्पादन गर्दै आएका छन् । उनको बैंक तथा वित्तीय क्षेत्रमा पनि राम्रै लगानी रहेको छ । उनी एनआईसी एसिया बैंकका सञ्चालक पनि हुन् ।

हालको विधानअनुसार महासंघको आगामी नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नै गर्ने छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था विधानमा भएकाले आगामी निर्वाचनबाट गोल्छा महासंघको अध्यक्ष बन्नेछन् । त्यसैले अब आगामी निर्वाचनका लागि मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्ष पदमा नै केन्द्रित हुनेछ । वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान चुनावी मैदानमा उत्रिँदै छन् । अहिले यी दुवै जना व्यवसायीले औपचारिक रूपमा आआफ्ना समूहबाट उम्मेदवारी घोषणा गरेर यतिबेला व्यावसायिक भेटघाट एवं फोन वार्तालाई तीव्र बनाउँदै आआफ्ना पक्षमा लबिङ गरिरहेका छन् ।

सकेसम्म आफ्नो पक्षमा माहोल बनाउन अहिले दुवै जना निकै सक्रिय भएर लागेका छन् । महासंघको आगामी निर्वाचनका लागि ढकालका प्रतिस्पर्धी अर्का वर्तमान उपाध्यक्ष किशोर प्रधानको समूहबाट उपाध्यक्षहरूमा एसोसिएटतर्फ सौरभ ज्योति, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र जिल्ला-नगर संघतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर