सडक सञ्जालबाट बाजुरा सम्पर्क विच्छेद

२०७७ असार ३० मंगलबार ०९:५३:०० मा प्रकाशित

बाजुरा । बाजुरा जिल्ला मुख्य सडक सञ्जालबाट सम्पर्क विच्छेद भएको छ । बल्देदेखि पानिनाउँलासम्मको सडक पहिरोले बगाएपछि बाजुरा सडक सञ्जालबाट सम्पर्क विच्छेद भएको हो । पहिरोले साफेँ मार्तडी सडक खण्ड पुर्णरुपमा अबरुद्ध छ । यससँगै बाजुराको तराईसँगको आवत–जावत बन्दका भएको हो ।

एक हप्तादेखिको अबिरल बर्षासँगै बाजुराका सबै सडकखण्ड अबरुद्ध छ । सबै सडक अबरुद्ध भएपछि जिल्ला तहबाट गरिएका प्रयास असफल भएका छन् । करीब ५ किलो मिटर सडकको बीचबीचमा आएको पहिले सडकको रुपरेखानै बाँकी राखेको छैन । बर्षा सुरु भएसँगै बाजुराको सदरमुकामसम्म सबै स्थानीय तहबाट हिडेर पुग्नुपर्ने बाध्यता रहेको छ । यही बाटो भएर हुम्ला र मुगुमा जाने यात्रुहरुले समेत सास्ती ब्यहोर्नु परेको छ ।

बडिमालिका–२ का स्थानीय बीरबहादुर कार्कीले भने– ‘एक हप्तादेखिको अबिरल बर्षासँगै बाजुरा जिल्लाका सबै सडकहरु अबरुद्ध बनेका छन् । यहाँ बाटो बन्द हुँदा दुख बिरामीलाई समस्या भएको छ । यसले गर्दा दैनिक उपभोग्य सामानहरु समेत पाउँन कठिन भएको छ ।’

त्यस्तै गुनासो छ कर्णबहादुर कार्कीको पनि छ । उनले भने, ‘यहाँ आउँने दुखी बिरामीलाई बाल बच्चालाई पहिरोमा हामीले तराएर उद्धार गर्ने गरेका छौं अर्कोतिर यहाँबाट हुम्लासम्म जाने यात्रुका लागि समेत हामीले यसरी नै निःशुल्क सेवा गरेका छौं । बाटो बन्द भएर समस्या छ ।’

बडिमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले भने– ‘यो सडक जहिलै बर्षद लाग्योकी बिग्रने र बन्द हुने भएका कारण समस्या हुने गरेको छ । यसको नयाँ बिकल्पका लागि सोचिनु पर्ने हुन्छ । यातायातका साधान चल्न नपाउँदा बाजुराका बिभिन्न बजारमा कालो बजारी र महगीको मारमा पर्ने त छदैछन तर जनताले हिडेर जानुपर्ने बाध्यातालाई हेरेर सडक डिभिजनसँष् समन्वय गरी तत्काल सडक खुलाउन पहल गर्ने बताउछन ।’

सडक डिभिन कार्यालय अछामका प्रमुख ललिजन खनालले भने– ‘सदरमुकाम मार्तडीको छेउमा रहेको बाउली खोला बढेसँगै मार्तडी कोल्टी सडक खण्डसमेत अबरुद्ध भएको छ । साँफे–मार्तडी सडकको बल्देदेखि पानिनाउँलासम्मको सडकसमेत पहिरोले बगाएको छ । नयाँ ड्राइभर्सन निकाल्नेसमेत ठाउँ छैन । अर्को बैकल्पिक बाटोको योजना बनाउँनु पर्छ ।’

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने, ‘हरेक बर्ष यो समस्या हुने गरेको भए पनि सम्बन्धित निकायले काम चलाउका लागि सोचेको भए पनि दीर्घकालीन योजना बनाउन कसैको चासो गएको छैन । हरेक बर्ष बाजुराबासी यसरी नै दुख पाउने गर्छन बाजुरा नियमन निकाय सबैलाई थाहा छ ।’
(राजधानी दैनिकबाट)

ताजा खबर