के हो जापानी आकाशमा देखिएको अज्ञात वस्तु ?

२०७७ असार ३० मंगलबार ०९:०९:०० मा प्रकाशित

जापानको उत्तरी आकासमा देखिएको रहस्यमय सेता वस्तु सामाजिक संजालमा भाइरल भएको छ । त्यसलाई देखेर मानिसहरुले त्यो अज्ञात उडन तश्तरी ( युएफओ ) देखि कोरोना भाइरस र उत्तर कोरियाली प्रोपोगान्ड हुनुपर्ने सम्म अनुमान गर्न भ्याएका छन् ।

जापानी सरकारी टेलिभिजन फुटेजमा उत्तर पूर्वी शहर सेन्दाइमा एउटा वेलुन जस्तो वस्तु क्रस माथि रहको र त्यसमा प्रोपेलर जस्ता घुमिरहेको देखिन्छ । सेन्दाइ मौसम विभागले विहान झिसमिसेमाा अचानक देखिएको त्यो वस्तु घन्टौं सम्म हलचल नगरी आकासमा बसिरहेको र अन्त्यमा त्यसलाई बादलले छोपेको जनाएको छ ।

यसले जापानी ट्विट्रमा तेश्रो सबैभन्दा बढि ट्रेन्डिंग भएको विषय बनेको थियो । एकजना युजरले आफुलाई अचानक भयानक गोड्जिल्ला आकासमा देखापरेको जस्ते लागेको ट्विट गरेका छन् ।

लन्डन टाइम्सको मुखपृष्ठमा ‘ पोपकर्न पार्टी १० ’ ले तयार पारेको गाला सम्म जिब्रो फैलिएको आकृति र ‘ सेन्दाइ समाप्त  दुस्वप्न सत्यतामा परिणत ’ नारा सहित प्रकासित गरेको छ ।

प्रहरीले यस घटनामाथि अझै अनुसन्धान जारी रहेको जनाएको छ । विश्वका बैज्ञानिकहरु लामो समयदेखि अन्तरिक्षमा अर्को पनि जिव सहितको ग्रह र तिनीहरुका यस्ता उड्न तश्तरी रहेको विषयमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर