२० लाखमा भालुको पित्त बिक्री गर्ने २ पक्राउ

२०७७ असार २९ सोमबार ०८:४३:०० मा प्रकाशित

भालुको पित्तसहित महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–८ कल्याणपुर साउनेपानीमा भालुको पित्तको कारोबार गरिरहेको अवस्थामा प्रहरीले रामबहादुर लामा र हरिबहादुर मोक्तानलाई पक्राउ गरी कारबाही अगाडि बढाएको महाशाखाले जनाएको छ ।

उनीहरुले ३५ ग्राम भालुको पित्तलाई २० लाखमा बिक्रीत्रितरण गर्ने तयारी गरी रहेको बेला महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरुलाई कारबाहीका लागि जिल्ला बन कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर