आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती

२०७७ असार २९ सोमबार ०८:३८:०० मा प्रकाशित

आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

१८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्म लिएका भानुभक्तले रामायण’को भावानुवाद गरी नेपाली समाजमा साहित्य र धर्मको जगेर्ना गरेका छन् ।

आचार्यको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, लगाएत विभिन्न कृति प्रकाशित छन् । आचार्यको जन्मजयन्तीको अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस्तै, भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर