टोटनहमले आर्सनललाई २-१ ले हरायो

२०७७ असार २९ सोमबार ०७:५६:०० मा प्रकाशित

लन्डन — बहुप्रतिक्षित  लन्डन डर्बीमा टोटनहमले आइतबार आर्सनललाई २–१ ले हराएको छ । प्रतिष्ठाको लडाइँ मानिएको खेल जितेपछि त्यसले टोटनहनमका व्यवस्थापक जोसे मोउरिन्होलाई ठूलो राहत दिएको छ ।

यो खेल जितेर टोटनहम आर्सनललाई उछिनेर ५२ अंकसहित आठौं स्थानमा रह्यो भने आर्सनल उसको ठीक पछाडि ५० अंकमा छ । खेलको निर्णायक गोल टोबी एल्डरवाइल्डले ८१औं मिनेटमा गरे ।

यसअघि आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता सन ह्युङ–मिनले बराबरी गोल गरे । आइतबार नै बर्नमाउथले लेस्टर सिटीलाई ४–१ ले हराएर रेलिगेसनबाट बच्ने सम्भावना कायम राख्यो ।

जितका बाबजुद बर्नमाउथ पुछारबाट तेस्रो स्थानमा छ । यस्तै पुछारबाट दोस्रोमा रहेको एस्टन भिल्लाले पनि क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको थियो ।
(कान्तिपुर अनलाइनबाट)

 

ताजा खबर