‘अमेरिकासँग वार्ता गर्नु जरुरी छैन ’

२०७७ असार २७ शनिबार ०८:५३:०० मा प्रकाशित

उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनकी शक्तिशाली बहिनी किम यो जोंगले शुक्रवार संयुक्त राज्य अमेरिकाले आफ्नो प्रस्तावमा ‘ निर्णायक परिवर्तन ’ नगरुन्जेल समम वासिंगटनसंग अर्को वार्ताको आवश्यकता नरहेको प्रतिक्रिया दिएकीछन् ।

दुई वर्ष अघि किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पहिलो पटक सिंगापुरमा वार्ता भएको थियो । तर सन् २०१९ को शुरुमा भियतनामको राजधानी हनोइमा भएको प्योंगयांगको आणविक हातहतियार सम्बन्धी वार्ता अहिले सम्म अघि बढ्न सकेको छैन ।

उत्तर कोरिया आफु माथि लगाइँदै आएको नाकावनिद हटाएको खण्डमा आफ्नो आणविक कार्यक्रम त्याग्न तयार रहेको छ । यसै साता ट्रम्पले यदि वार्ता फलदायी देखिएको खण्डमा आफुले निश्चित रुपमा फेरी किमसंग भेट्ने बताएका थिए । उनको संकेत आगामी नोभेम्वरमा अमेरिकामा हुने राष्ट्रपतिय चुनावमा मद्धत पुग्ने देखिएमा किमसंग वार्ता गर्नेबारे लक्षित देखिन्छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर