कोरोना अपडेट : विश्वभर पाँच लाख ६२ हजार १७ को मृत्यु, ७३ लाख २४ हजार ८७० कोरोना मुक्त

२०७७ असार २७ शनिबार ०८:४९:०० मा प्रकाशित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७३ लाख २४ हजार ८७० जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ३६ हजार ६५२ जनाको मृत्यु भएको छ भने ३२ लाख ९१ हजार ३८७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७० हजार ५२४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ४ हजार ३३८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत २२ हजार १४४, इटलीमा ३४ हजार ९३८, स्पेनमा २८ हजार ४०३, फ्रान्समा ३० हजार ४, इरानमा १२ हजार ४४७, बेल्जीयममा ९ हजार ७८१, जर्मनीमा ९ हजार १३०, नेदरल्याण्डमा ६ हजार १३६, टर्कीमा ५ हजार ३२३, स्वीजरल्याण्डमा १ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १६ हजार ६४९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भइसकेको छ । यस्तै, ८ हजार ११ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर