थपिए १० सह-सचिव

२०७७ असार २७ शनिबार ०८:३७:०० मा प्रकाशित

काठमाडौं : लोकसेवा आयोगले  राजपत्रांकित प्रथम श्रेणी (सह–सचिव)को नतिजा  प्रकाशित गरेको छ।  

नतिजाअनुसार खुलातर्फ रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य  छनोट भएका छन्।  मधेसीमा इन्द्रदेव यादव र रामकुमार महतो उर्तीण भएका छन्।  त्यस्तै महिलामा अनिता निरौला र स्किम श्रेष्ठ सह–सचिव बनेका छन्।  

आदीवासी जनजातीमा हेमराज तमाङ पास भएका छन्।  लकडाउन अघि नै लिखित परीक्षा सञ्चालन भएर उनीहरुको अन्तर्वार्ता  र मामिला प्रस्तुतिकरण रोकिएको थियो।  लोकसेवाले असार १५ देखि १७ सम्म मामिला प्रस्तुतिकरण तथा  १८ देखि २६ गतेसम्म सञ्चालन गरेका अन्तर्वार्ता सञ्चालन गरेका थियो।   
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर