कोभिड–१९ मा मास्कको प्रयोगको अनिवार्यता

२०७७ असार २५ बिहीबार १०:४४:०० मा प्रकाशित

धेरै ठाउँहरुमा कोभिड–१९ को महामारीबाट बच्न मास्कको प्रयोगको अनिवार्यतालाई नै आफ्नो प्रमुख आधार बनाइएको छ । आंशिक व्यक्ति मास्कको प्रयोगलाई  वास्ता  गर्दैनन् तर आज विश्वका सवै ठाँउमा यसको अनिवार्यता मानिएको छ । कोभिड–१९ को प्रकोपमा विश्वभरी नै वैज्ञानिक र चिकित्सकहरुको एउटै सुझाव छ तपाईँ आफ्नो अनुहार ढाक्ने मास्कको प्रयोग गरी सुरक्षित बन्नुहोस ।

अप्रिल महिनाको शुरुवाति दिनमा अमेरिकामा रोग नियन्त्रण तथा रोकथाम शाखाले मास्कको अनिवार्यता र सामाजिक दुरीमा विशेष ध्यान दिइएको थियो ।

राष्ट्रहरु जर्मनी र बेलायतले सवारी साधन चलाउँदा अनुहारमा मास्कको प्रयोगलाई चालकहरुको नियम नै बनाएका थिए ।

विश्व स्वास्थ्य संगठनले आफ्ना माताहतमा रहेको कर्मचारीलाई कोरोनाको संक्रमणसँगै अनुहारमा प्रयोग हुने मास्कमा उच्च सतर्कता अपनाउन बल पु¥याएको थियो । भीडभाडमा होस वा सार्वजनिक यातायातमा होस मेडिकल मास्कको प्रयोग सुनिश्चित हुनु पर्नेमा जोड दिएको थियो ।

मास्कले प्रयोगकर्तामा पारेको प्रभाव
N95 मास्क बढि लाभदायक हुने बताइन्छ । मास्क लाएपनि सामाजिक दुरी नअपनाएमा कुनै अर्थ नहुने तर्क यहाँ गरिएको छ ।
सार्स कोभ–२ को असर भएको बखत विभिन्न ड्रपलेट र एरोजलबाट स्वास्थ्य मानिसलाई रोगको संक्रमणबाट बचाउने बताइएको थियो ।

मास्कको प्रयोगकर्ता
जनमानसमा कोभिड–१९ को असर कम गर्न मास्कको प्रयोगमा ल्याइएको बताइएको छ । मास्कको प्रयोगबाट मात्र रोगको संक्रमण नहुने भन्ने होइन । यसको साथै मानिसले सरसफाइमा ध्यान नपु¥याउँदा अनि हात सफा पानीले धुन विर्सदा असर गर्ने बताइएको छ । व्याक्टेरिया,  जीवाणु, निमोनिया, फोक्सोको असर भने माक्स मात्रको प्रयोगले नथाम्ने विशेषज्ञहरु दोहो¥याउँछन् ।
(स्रोतः मेडिकल न्युज टुडे)


 

ताजा खबर