अष्ट्रेलियाको मेलबर्नमा पुन: लकडाउन

२०७७ असार २५ बिहीबार ०९:१६:०० मा प्रकाशित

कोरोना संक्रमित बढेसँगै अष्ट्रेलियाको मेलबर्नमा पुन लकडाउन लगाइएको छ ।

मेलबर्न प्रवेश गर्ने सबै नाका सिल गरिएको छ । यस्तै, मेलबर्नवासीलाई अत्यावश्यक सेवाका लागि मात्र घरबाट बाहिर निस्किन आग्रह गरिएको छ । मेलबर्नमा मंगलबार १ सय ९१ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए भने बुधबार १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यससँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ९ हजार पुगेको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर