अडको समयको

२०७७ असार २४ बुधबार ११:२०:०० मा प्रकाशित

समय शुन्यताको
समय रित्तताको,


जीवन चक्रमा हुने व्यग्रताको
अतिरञ्जनाको, मानसिकताको
आफ्नै छायाँको प्रतिकुलताको
सबै प्राणीजनमा हुने प्रकृतिको समर्पणको
नौलो प्रयोजनको लोभको, हानीको
उच्च मनोबलको, लालसाको अनि
फेरि रिक्तताको
मेरी उनी अनि 
मेरो मौनताको
समय तस्विर अनि दृश्यको
समर्पणको बिना आभाको
तुषारोमा हुने निवास वाहिरको मौनताको ।


प्रभाको आगमनसँगै उड्ने भँगेरीको
अनि आश्चर्य तर प्रताडनाको
समय एकल माया, मोह, प्रेम,
स्निग्धता र परिवार आश्रयको
विपरीत लिङ्ग प्रतिको मुस्कानको 
अझ पाइने सूर्यको उजयालोको
समय दुरदर्शनको, समय हिंसाको 
समय हृदयको भावको मष्तिस्कको 
समय खानाको चेनाको अनि रसाएको आँखाको
समय राजनैतिक दर्शनको
बिना धारको
समय वितृष्णाको समय वोधीको
समय उल्लुको, समय सूर्यको
समय मासको, घण्टाको 
मिनेटको, काँटाको 
पलको समय दृश्यपानको
समय मनोरञ्जन, वृत्तचित्रको
समय अभावको, गानाको
अनि खानकीको ।


समय चराहरुको, 
समय क्षितिज हैन समय समाजको ।
समय घरको कोठाको
वन्दसत्रको अनि योजनाको
समय विद्यार्थीको कालको न व्यापारीको सामानको
न त बहुलठ्ठी अन्धकारको
समय कोभिड–१९ को
लौकाको, फर्सीको, 
करेलाको, आलुको 
अनि चिचिण्डोको ।

ताजा खबर