धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आइपिओ भर्न नपाउने

२०७७ असार २४ बुधबार ०९:४६:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीलाई साधारण सेयरमा आवेदन दिनसमेत रोक लगाउनु पर्ने संसदिय समितिले निर्णय गरेको छ ।

अर्थ समितिले गठन गरेको एक उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गर्दै कर्मचारीलाई साधारण सेयर भर्न समेत रोक लगाउने प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमाथी अर्थ समितिमा छलफल हुनेछ ।

उपसमितिले बुझाएको प्रतिवेदनअनुसार अर्थ समितिले निर्णय गरे नियामक निकायका कर्मचारीले सेयर भर्न पाउँनेछैनन् । बोर्ड र नेप्सेका कर्मचारीले सेयर भरेर चलखेर गर्ने गरेको आरोप उप समितिले लगाएको छ । अब ति संस्थामा कार्यरत कर्मचारीहरुले आफूसँग के कति सेयर छ सबै सार्वजनिक पनि गर्नु पर्ने छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर