माइग्रेनबाट कसरी छुट्कारा मिल्छ?

२०७७ असार २३ मंगलबार २२:०२:०० मा प्रकाशित

माइग्रेनको प्रत्यक्ष असर टाउको दुख्नु हो । अमेरिका मा १२% मानिस यस रोगबाट प्रत्यक्ष रुपमा विरामी पर्ने गरेका छन् । माइग्रेन खोज केन्द्रले यस रोगको संक्रमण बालबालिका तथा वयस्कमा धेरै नै देखिने गरेको बताएको छ ।

मानिसहरु माइग्रनको उपचारमा दिनहुँ अस्पताल धाउने गरेका छन् । उचित सल्लाहको कमीले गर्दा उनीहरु प्राकृतिक चिकित्सा प्रणाली र अन्य वैज्ञानिक स्वास्थ्य उपचारमा लागी परेको बताइन्छ । यस रोगको लक्षणमा वाक्वाकी लाग्ने, हातगोडा सुन्निने र अचल हुने, दृश्य हेर्ने शक्तिमा कमी आउने, आवाज र वास्ना महशुस गर्ने क्षमतामा ह्रास आँउछ । 

माइग्रेन रोगको प्राकृतिक उपचार
अकुप्रेशर

मानव शरिरको विभिन्न भागको मांसपेशीको दुखाई कम गर्न गरीने व्यायामको रुपमा अकुप्रेशरलाई लिइन्छ । एक प्रकारको हातका औंलाहरुमा गरिने LI-4 Point  उपचार विधिबाट टाउको दुख्ने तथा भमिट गर्ने विरामीबाट बञ्चित हुने बताइन्छ ।

डायट परिवर्तन
माइग्रेनबाट संक्रमित विरामीलाई प्रशोधन गरिएका खानेकुरा, रेड वाइन, मादक पदार्थ, मिठाई, क्याफिन मिसिएका पेय पदार्थको सेवन कम मात्रामा गर्न सुझाइन्छ । अचम्म के छ भने उनीहरुसँग के खाने र के नखाने भन्ने लिस्ट नै हुने गर्छ ।

कुन तेल खाने ?
लेभेण्डा तेल एक प्राकृतिक वनस्पतिबाट निकालिएको तेल हो । यो तेलको प्रयोगबाट मानिसमा हुने तनाव, आलस्यता र टाउको दुखाई बाट चाँडै छुट्कारा मिल्ने एक युरोपियन न्युरोलोजिको माइग्रेनबाट टाउको दुखेकाका विरामीको अध्ययनबाट निकालिएको नमूना विधिमा लेखिएको छ ।

अदुवाको प्रयोग
२०१४ को एक अध्ययनबाट माइग्रेन भएका विरामीमा अदुवाबाट बनाइएको एक औषधी सुमाटरीपटनको प्रयोग सिकाइएको थियो । भनिएको छ, अदुवाको प्रयोग हानीकारक हुँदैन र कुनै शरिरमा एलर्जी पनि हुनेहोइन ।

दुखाईको रोकथाम
टाउको दुखाई माइग्रेनको साझा समस्या हो । दुखाईको कुनै समाधान नभएको बताइन्छ । तनाव बढ्दै जाँदा टाउको दुख्ने र यसको विभिन्न चरण हुने बताइन्छ ।
तातो पानीमा नुहाउनु, संगीत सुन्नु र शरिरलाई सकारात्मक बानीमा प्रयोगमा लानु एउटा अचुक उपाय हो भनिन्छ ।

योगा वा शरिर तन्काउनु
शरिरका मांसपेशी तन्काउनु एक उत्तम उपाय हो । योगाबाट शरिरमा रत्त संञ्चार गराउनु एक प्राचिन व्यायाम हो ।

वायोफिडव्याक थेरापी
यो शरिरको एक किसिमको उपचारविधि हो । मांसपेशीको फुकाई तथा तन्काइ अभ्यास र सिकाइमा भरपर्ने चिकित्सकहरुको बुझाइ छ । यस रोगमा मानिसको गिजा, माथ र कुममा रहेको टारपेजियस मांसपेशीको विरामले च्याप्ने बताइन्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर