रकेट प्रक्षेपण असफल

२०७७ असार २३ मंगलबार ०८:२४:०० मा प्रकाशित

न्युजिल्यान्डबाट रकेट प्रक्षेपण गर्ने काम गर्दै आएको अमेरिकन लन्च कम्पनीको पछिल्लो मिसन असफल भएको छ । रकेट ल्याब नामक यस कम्पनीले नर्थ आइल्यान्डको माहिया प्रायद्वीपबाट प्रक्षेपण गरिएको इलेक्ट्रोन भेहिकल असफल भएको औपचारिक जानकारी दिएको छ ।

त्यसमा राखिएका भूउपग्रहका सम्पूर्ण उपकरण ध्वस्त भएको अनुमान गरिएको छ । यस दुर्घटनामा जापानको क्यानोन इलेक्ट्रोनिक्स र अमेरिकाको क्यालिफोर्नियाको प्लानेट ल्याब्स कम्पनीको इमेजिङ स्पेसक्राफ्ट तथा बेलायतको इन–स्पेस मिसन्स नामक प्रविधि प्रदर्शन प्लेटफर्म पनि नष्ट भएको बताइएको छ । रकेट ल्याबका प्रमुख कार्यकारिणी अधिकारी पिटर बेकले आफ्ना ग्राहकसमक्ष क्षमायाचना गरेका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर