नेपाल एयरलाइन्सका सात पाइलटलाई कोरोना संक्रमण

२०७७ असार २३ मंगलबार ०७:२०:०० मा प्रकाशित

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स कर्पाेरेसन) का सात पाइलटलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ।  

अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए । 

निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना क्रु मेम्बरलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमले जनाएको छ । उनीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने निगमले स्पष्ट गरेको छ । 

निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीका लागि आवश्यक निर्धारित मापदण्डअनुसार जिम्मेवारी पूरा गरिरहेको पनि उल्लेख गरेको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर