मास्क नलगाई घरबाहिर हिँडे कारबाही हुने

२०७७ असार २३ मंगलबार ०७:१६:०० मा प्रकाशित

मास्क नलगाई घरबाहिर हिड्ने र सामाजिक दुरी कामय नगर्नेलाई कारबाही हुने भएको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार महामारीको समयमा मास्क नलगाई हिँड्ने र तोकिएको सामाजिक दुरी पालना नगर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।

गृहले लकडाउन खुकुलो भएसँगै खुलेका कार्यालय, व्यवसायमा मापदण्डलाई कडाईका साथ पालना गर्न समेत भनेको छ। निर्देशन पालना नगर्नेलाई ऐन अनुसार पक्राउ र जरिवानासम्मको कारबाही हुने शर्माले बताए।  

लकडाउन खुकुलो भएसँगै लापरबाही बढेपछि सरकारले कडाई अपनाउन लागेको हो। घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउने, दुई मिटरको दुरी कायम गर्नु पर्ने मापदण्ड रहेको छ।
(नागरिक न्युजबाट)

ताजा खबर