अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्‍नु दुर्भाग्यपूर्ण : नेता पौडेल

२०७७ असार २१ आइतबार ०८:१९:०० मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता पौडेलले कांग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन्। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज वाग्मती प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उहाँले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने बताए।

नेता पौडेलले कम्युनिष्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने काँग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिशनका लागि भिजन भएको काँग्रेस आवश्यक रहेकामा जोड दिए। साथै उहाँले काँग्रेसको आगामी १४औँ महाधिवेशनले त्यो मिशनका लागि भिजन भएको काँग्रेस बनाउने बताए। अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकको समस्या समाधानका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै उहाँले मुलुकमा सङ्कट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु शोभनीय होइन उनले भने। 

विश्वका पूँजीवादी र कम्युनिष्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने नेता पौडेलको भनाइ थियो। उनले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गर्दै पूँजीवादीहरुले राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सिर्जना गरेकाले समस्या देखिएको धारणा व्यक्त गरे।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर