कोरोना अपडेट : विश्वभर पाँच लाख २९ हजार ६३ को मृत्यु, एक करोड ११ लाख ८९ हजार ३२५ संक्रमित

२०७७ असार २० शनिबार ०८:०६:०० मा प्रकाशित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर पाँच लाख २९ हजार ६३ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ११ लाख ८९ हजार ३२५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६२ लाख ९७ हजार १५० जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ भने २८ लाख ९० हजार ५८८ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ६३ हजार २५४ जनाको मृत्यु भइसकेको छ भने १५ लाख ४३ हजार ३४१ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३४ हजार ८३३, स्पेनमा २८ हजार ३८५, फ्रान्समा २९ हजार ८९३, इरानमा ११ हजार २६०, बेल्जीयममा ९ हजार ७६५, जर्मनीमा ९ हजार ७३, नेदरल्याण्डमा ६ हजार ११३, टर्कीमा ५ हजार १८६, स्वीजरल्याण्डमा १ हजार ९६५, भारत १८ हजार ६६९ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १५ हजार २५९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भइसकेको छ । यस्तै, छ हजार १४३ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर