समावेशी वातावरणको लागि सामाजिक सञ्जाल ट्वीटरले आफ्नो एकाउण्टमा शब्दहरुको छनौट गर्ने

२०७७ असार १९ शुक्रबार ११:२७:०० मा प्रकाशित

कोरोना लकडाउनसँगै  मे २५ मा अश्वेत नागरिक जर्ज फ्वेल्डको असमायिक हत्या को विरोधमा लाखौं प्रदशनकारीहरु नाराबाजीमा समाहित भए । अमेरिकी प्रहरी दमनबाट शुरु भएको  घटना पछि सबै जाती समान हुनुपर्छ भनी  विश्वका थुप्रै शहर जस्तै लण्डन, टोकियो,अष्ट्रेलियामा चोकहरुमा जुन र मार्चमा धेरै चर्का सामाजिक आन्दोलन भए । 

हालै ट्वीटरले सामाजिक सञ्जालले आफ्नो एकाउण्टका प्रयोगकर्ताहरुलाई “साहु” “दास” र “कालोसूची” जस्ता शब्दको सूची प्रयोग गर्न अनुबन्धित गरेको छ ।

भनिएको छ, एक दशक अघि यस्ता शब्दको प्रयोग ट्वीटरमा ज्यादा प्रयोग हुन्थ्यो । अमेरिकी वित्तिय संस्था जेपी मोर्गेनले पछिल्लो जातीय घटना क्रम पछि शब्दहरुको प्रयोगको लर्को चलेको बताएको हो । धेरै वेभसाइटमा प्रयोग हुने यस किसिमका कोडहरु प्रयोग हुने एक कार्यक्रममा सार्वजनिक भएको हो ।

ट्वीटरको इन्जिनियरिङ्ग सेक्सनले हाल यस किमिमका शब्दका प्रयोग गर्नु भन्दा अरु समावेशी शब्दको छनौट गर्न प्रयोगकर्ताहरुलाई सुझाएको छ । वित्तिय संस्था र समाज एक अर्काका परिपुरक हुन भन्दै प्रविधिक नियम तथा सञ्जालका कोडहरु उपयुक्त हुनु पर्ने बताइएको छ ।

हालै मात्र माइक्रोसफ्ट सफटवेरको गिटहव कम्पनीले ५ करोड ग्राहकमा नयाँ कोडिङ्ग तयार पारेको हो ।

गुगल कोर्मो अन्तर्गतको एन्ड्राइड सिस्टम , बहुराष्ट्रिय कम्पनी कोकाकोला, एडिडास, युनिलिभर हालै चुलिएको जातीय मुद्वालाई ध्यानमा राख्दै आ–आफ्नो नियम बनाउने निश्कर्ष निकालेको बताइएको छ ।
(स्रोतः बिबिसी विजनेस)

ताजा खबर