वेष्ट इन्डिजविरुद्धको पहिलो खेलमा बेन स्टोक्सले कप्तानी गर्ने

२०७७ असार १८ बिहीबार ०८:४३:०० मा प्रकाशित

काठमाडौँ। वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट खेलमा बेन स्टोक्सले कप्तानको जिम्मेवारी पाउनुहुने भएको छ । इंग्ल्याण्ड र वेष्टइन्डिजबीचको पहिलो टेष्ट खेल आगामी सातादेखि सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटका नियमित कप्तान जोइ रुट पहिलो टेष्ट खेलमा उपस्थित नहुने भएपछि स्टोक्सले कप्तानी गर्ने जिम्मेवारी पाउनुभएको हो । आफ्नो दोस्रो सन्तानको जन्म आगामी साता नै हुन लागेकोले रुट वेष्टइन्डिजविरुद्धको पहिलो टेष्टमा सहभागी हुनुहुने छैन ।

वेष्ट इन्डिज र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट खेल जुलाई १६ देखि ओल्ड ट्राफोर्डमा खेलाइनेछ । रुट उक्त टेष्टमा सहभागी हुने जनाइएको छ । बेन स्टोक्स इंग्ल्याण्ड क्रिकेट टोलीका उपकप्तानसमेत हुनुहुन्छ । यद्यपि उहाँले आफूलाई भविष्यको कप्तानको रुपमा हेर्न नहुने प्रष्ट्याउनुभएको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर