उपत्यकाको शहरी क्षेत्रमा देखियाे सलह (फाेटाे फिचर)

२०७७ असार १७ बुधबार ०९:०२:०० मा प्रकाशित

काठमाडौँ । केही दिनअघि नेपाल प्रवेश गरेको सलह मङ्गलबार राजधानीको मुख्य शहरी क्षेत्रमा पनि देखा परेको छ ।
उपत्यका वरिपरिका जङ्गल नजिकका क्षेत्रमा थोरै सङ्ख्यामा दुई-तीन दिनअघिबाटै सलह देखिए पनि मङ्गलबार अपरान्ह भने मुख्य शहरी क्षेत्र रत्नपार्क,नयाँ सडकमाथिको आकाशमा सलह देखिएका थिए ।
सलह देखिएसँगै सामाजिक सञ्जालहरूमा पनि राजधानीवासीले सलहको तस्बिर राख्न शुरु गरेका छन् ।

 

(गोरखापत्र दैनिकबाट)

ताजा खबर