४५ दिने शिशुमा कोरोना संक्रमण

२०७७ असार १७ बुधबार ०८:१८:०० मा प्रकाशित

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताउनुभयो ।

श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि रिपोर्ट नकुरिकन सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया ग¥यौं’, डाक्टर दासले भन्नुभयो– ‘बिहान रिपोर्ट पोजेटिभ आयो ।’

सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बच्चाको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर