चीनमा फेला पर्यो नयाँ डरलाग्दो भाइरस

२०७७ असार १६ मंगलबार १२:१५:०० मा प्रकाशित

चीनमा नयाँ भाइरस पत्ता लागेपछि यसको असरबाट विश्व नै प्रभावित हुने भनेर अनुसन्धाताहरु चिन्तित बनेका छन् ।

चिनियाँ वैज्ञानिकले नयाँ भाइरसको नयाँ स्ट्रेन पत्ता लगाएपछि चिन्ता बढेको हो । मानिसहरुमा सजिलै सर्नसक्ने यो भाइरस सुँगुरबाट सर्न सुरु हुने विज्ञहरुले बताएका छन् ।

यस भाइरसमा मानिसलाई संक्रिमत गर्न सक्ने सबै गुणहरु रहेको र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको उनीहरुको भनाई छ । मानिसमा यो भाइरस विरुध्द लड्नसक्ने प्रतिरोधी क्षमता कमजोर रहेको उनीहरुको तर्क छ ।

 यो भाइरसलाई तत्कालै सुँगुरमा नियन्त्रण गरी अनुसन्धान गर्नुपर्ने वैज्ञानिकहरुले सचेत गराएका छन् । यस भाइरसलाई वैज्ञानिकले ‘जी ४ ईए एनवानएनवान’ नाम दिएका छन् ।

चीनका केही सुँगुर फार्ममा काम गर्ने कर्मचारीमा यो भाइरसको संक्रमण देखिएकोले उनीहरुको उपचार थालिएको बताईएको छ । सुँगुरबाट उत्पन्न भएको भनिएको यो भाइरस कोरोना भाइरसभन्दा बढी संक्रामक भएकाले यसबाट विश्व नराम्ररी प्रभावित हुनसक्ने विज्ञहरुको चिन्ता छ । एजेन्सी
 
 

ताजा खबर