म्याराथन दौडमा भाग लिनाले घुँडा अनि ढाड दुखाईमा कमी

२०७७ असार १६ मंगलबार ०९:१५:०० मा प्रकाशित

मानिसमा उमेर बढे लगत्तै निरन्तर ढाड दुखाईको समस्या बढ्दै जाने बताइन्छ । उनीहरुको बुझाइमा घरमा दैनिकी कामकाजी गर्ने, टिभी हेर्ने र पुस्तक पढ्नाले मानिसको स्वास्थ्यमा अनुकुल फाइदा पुग्ने गर्छ । तर चिकित्सकहरुको बुझाइमा घुँडा र ढाड पछाडीको दुखाई कम गर्न सर्जरी र औषधीको प्रयोग गर्नु भन्दा लामो दुरीको दौड धेरै नै लाभदायक हुने बताउँछन् ।

महिला, बालबालिकामा कसरतको प्रभाव
बालबालिकाहरु सधैं फुटबल प्रतियोगिता खेल्न प्रयत्न हुन्छन् । फुटबलले घुँडामा कसरत पुग्ने गर्छ ।
घुँडामा लाग्ने मिनिस्कस माथि हुने चोट सर्जरी गर्न घातक हुने चिकित्सकहरु बताउँछन् ।  त्यसकारण घुँडाको दुखाई कम गर्न गोडा सम्बन्धी व्यायाम सन्तुलित हुनु पर्नेमा उनीहरुको बुझाइ छ ।
त्यसो त केही मानिस किकबक्सीङ्गमा ध्यान दिने पनि गर्दछन् । यस किसिमको शारिरीक व्यायामले ढाड पछाडीको स्पाइनल कोलम र नशाहरुमा उचित कसरत पुग्ने चिकित्सकहरु दोहो¥याउँछन् । त्यसो त घाउ लागेर मरेका कोषहरुको अप्रेसन धेरै नै जोखिम हुने, नशाहरु लटिने र मृत कोषहरु पहिलेको स्वरुपमा आउन धेरै समय लाग्ने बताइन्छ ।
दुइ जीउ भएको महिलामा जीउ भारी हुनाले व्यायाम गर्न निकै गाह्रो हुने हुन्छ । उनीहरुमा प्रयोग गरिने विभिन्न्न सुईको कारण शरिर सुक्दै जाने तर्क पेश गरिन्छ ।

म्याराथोनबाट स्वास्थ्यमा पर्ने असर
त्यसो त खेलमा लागेका खेलाडीहरुको लागि यात्रा तथा व्यायामले नै हाडजोर्नी सम्बन्धि समस्यामा धेरै कम गर्ने तर्क गरिन्छ ।
मानिसले शरिरको लागि गर्ने म्याराथोन दौड र लामो हिँडाईले उनीहरुमा चोटपटकको सम्भावना क्षीण हुँदै जाने तर्क पेश गरिएको छ ।
हृदयरोग, मांसपेशी सम्बन्धि रोग र दिमागी रोगको लागी अथक मेहेनत पर्ने परिश्रमी काम स्वास्थ्यवर्दक हुने चिकित्सकहरुको कुराको रोजाइ छ ।
शरिर शिथिल भएर एकटक बसिरहने शरिर कमजोर र केही कार्य गर्न नसक्ने लाटो हुने तर्क गरिन्छ । गोडामा हुने चोट पटक समस्या, असरको लागि हटाउन प्रत्येक मानिस सजक हुनुपर्छ ।
त्यसैले हामी सबै शरिरलाई चाहिने आवश्यक मात्रामा अक्सिजनको मात्रा र विभिन्न धमनीबाट हुने रगत सञ्चालनको लागि दैनिक दौडमा भाग लियौं ।
(स्रोतः सिएनएन हेल्थ)

ताजा खबर