गोली चल्दा दुई प्रहरीसहित २० घाइते

२०७७ असार १६ मंगलबार ०७:५९:०० मा प्रकाशित

सर्लाहीको धनकौल गाउँपालिकामा दुई पक्षबीच विवाद हुदा गोली चलेको छ । गोली चल्दा दुई प्रहरीसहित २० जना घाइते भएका छन् ।

गोलीको छर्रा लागेर १५ जना घाइते भएका छन् भने ३ जना भाग्दा चोटपटक लागेर घाइते भएका छन् । झगडालाई नियन्त्रण गर्न खोज्दा २ जना प्रहरी पनि घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।

धनकौल गाउँपालिका–२ हरकठवामा आइतवार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांगे्रसका कार्यकर्ताबीच झडपमा भएपछि झडपमै गोली चल्दा दुई प्रहरीसहित २० जना घाइते भएका हुन् ।

घाइते हुनेमा धनकौल गाउँपालिका–२ हरकठबाका रामचन्द्र हजारी, नागेश्वर सहनी, मेहबुब अन्सारी, राकेशकुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, सुरजकुमार सिंह, सुनील महता विजय सिंह, मोहमद शेख इन्ताज, सुनील साह, नीतेशकुमार सिंह, रञ्जित यादव, अरुण यादव रहेका छन् ।

घाइतेहरूको शरीरको विभिन्न भागमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । त्यस्तै अर्को पक्षको धनकौल गाउँपालिका–२ बस्ने लक्ष्मण साह, रधीर रञ्जन वर्मा, वैधनाथ सहनीलगायत घाइते भएका छन् । भीड नियन्त्रण गर्न खटिएका २ प्रहरीसमेत घाइते भएको बताइएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)
 

ताजा खबर