कराची स्टक मार्केटमा आक्रमण : दुईको मृत्यु, केही घाइते

२०७७ असार १६ मंगलबार ०७:४२:०० मा प्रकाशित

कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ।

प्रहरीलाई उद्धृत गर्दै केही आक्रमणकारीहरू मारिएको र घटनास्थलमा कारबाही जारी रहेको बताइएको छ । तर उक्त घटनामा कति आक्रमणकारी संलग्न थिए र उनीहरू को हुन् भन्ने स्पष्ट भइसकेको छैन । पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएका छन् ।

त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेका र उनीहरूले सबैमाथि गोली चलाएको बताएका छन्। जियो टीभीले भवनको पछाडिको ढोकाबाट मानिसहरूलाई उद्धार गरिएको बताएको छ ।
(अन्नपूर्ण पोष्टबाट) 

ताजा खबर