कोरोना असर: रौतहटका एक युवाको स्टार अस्पतालमा मृत्यु  

२०७७ असार १५ सोमबार १३:४१:०० मा प्रकाशित

ललितपुर । ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ । ती व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी समस्या थियो । उनको मृत्यु शनिबार राति भए पनि पिसीआर परीक्षणको रिपोर्ट सोमबार बिहान आएको कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए ।

उनको मृत्यु भए पनि शनिबार राति नै स्वाब संकलन गरिएको थियो । उनको हाल शव व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख गेलालले जानकारी दिए । उनको कन्ट्याक ट्रेसिङ गरिने गेलालले बताएका छन् । 

स्वास्थ्य मन्त्रालयले उनको मृत्युको पुष्टि गर्न बाँकी रहेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण २८ जनाले ज्यान गुमाएका छन् ।
 

ताजा खबर