दासढुंगा ‘दुर्घटना’ केपी र माधवलाई अवसर

मदन भण्डारी नामको ‘युफोरिया’ थियो त्यो बेला !
भाषण गरेकै भरमा उनले दरवारियाहरुसँग अडान लिएर ०४७ सालको संविधान ल्याउने कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराईदिए ।
स्वदेश मात्र होईन, विदेश पनि हत्प्रभ भयो ।
‘न्यूजवीक’ को एउटा भित्री पातोको ‘बटम कर्नर’ मा उनका बारेमा फिचर छापियो ।
घनघोर कम्युनिष्टहरु एउटा पश्चिमा ‘बुर्जुवा’ अखबारले उनलाई दिएको ठाउँ देखेर आल्हादित भए ।
“ईन नेपाल, कार्ल मार्क्स लिभ्स !”
उनले त्यतिबेला पाएको अभूतपूर्व ‘पब्लिसीटी !’
यतिबेलाका केपीओ (केपी ओली) र माकुने (माधवकुमार नेपाल) हरु लुब्ध, क्षुब्ध थिएनन् होला र ? दासढुंगा ‘दूर्घटना’ यिनीहरुका लागि अवसर भैदियो ।
मदन भण्डारीलाई कहिले कांग्रेसीले मारे, कहिले अमेरिकाले !
आन्दोलनका नाममा बाटाका रेलिङ्ग भाँचे, टेलिफोन बूथ जलाए, सत्तामा आएपछि आफैं निस्लाम भए ! मदन भण्डारी वास्तवमा ‘जननेता’ थिए कि थिएनन्, हेर्नै पाईएन !
चारु मजुमदारको नक्सली गिँड कटुवा आन्दोलनको स्कूलबाट आएका उनले तत्कालीन एमालेलाई ‘जबज’ को नाममा संसदीय परिपाटीमा स्थापित भने गरेकै हुन् । एमाले त्यसपछि ‘भाई कांग्रेस’ भयो । कांग्रेस बीपीलाई देखाउँछ । पुरानो एमाले भण्डारीलाई !
नेकपा डबलका अहिलेका कागजी नेता प्रचण्ड बिलखबन्दमा छन्, नखाउँ दिनभरीको शिकार, खाउँ कान्छा बाऊको अनुहार ! केपीओले भारतीय पासा जो फ्याँकिदिए !
राजनीति सम्भावनाको खेल हो भन्छन, नेपाली सन्दर्भमा यो गजबको खेल हो ।
त्यो गजबको बारेमा कामरेड राष्ट्रपतिलाई थाहा हुनुपर्ने हो ।