बाबा रामदेवसहित ५ जनाविरुद्ध प्रहरीमा उजुरी

२०७७ असार १५ सोमबार ०७:४५:०० मा प्रकाशित

भारतीय योगगुरु बाबा रामदेवसहित ५ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

प्रहीका अनुसार अधिवक्ता बलराम झक्कडले राजस्थानस्थित ज्योति नगर प्रहरी चौकीमा रामदेवसहित ५ जनामाथि उजुरी दर्ता गरेका हुन् । स्वास्थ्य विभागको परीक्षण र स्वीकृति बिना नै कोरोनाविरुद्धको औषधी निर्माण गरी वितरण गरको भन्दै झक्कडले उजुरी गरेको भारतीय सञ्चारमाधयमले जनाएका छन् ।

पतञ्जली आयुर्वेदले कोरोना निको पार्ने भन्दै मंगलबार ‘कोरोनिल’ औषधि सार्वजनिक गरेको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर