प्रधानमन्त्री ओलीलाई भट्टराईको प्रश्न- 'हटाउन उपयुक्त समय कहिले हो ?'

२०७७ असार १५ सोमबार ०६:१९:०० मा प्रकाशित

काठमाडौँ — आफूलाई प्रधानमन्त्रीबाट हटाउन देशभित्र र बाहिरबाट चलखेल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दावीलाई लिएर राजनीतिक नेताहरुका प्रतिक्रिया आउन थालेका छन् । ओलीको अभिव्यक्तिबारे पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सामाजिक संजालमार्फत् 'हटाउने समय कहिले हो ?' भन्ने प्रश्न गरेका छन् ।

भट्टराईले बहुमत प्राप्त दलका प्रधानमन्त्रीलाई हटाउने प्रावधान सजिलो नभएको भन्दै नेकपाभित्रको विवादको विषय भएको संकेत गरेका छन् । ट्विटमा उनले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दसैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चाहिँ कैले रच हँ ?'

प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि आफूलाई हटाउन काठमाडौंका होटलहरुमा र तथा दूतावासमा समेत बैठकहरु भएको भन्दै नेपालको राष्ट्रियता त्यति कमजोर नभएको बताएका थिए ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर