ट्रक दुर्घटना हुँदा सह-चालकको मृत्यु

२०७७ असार १४ आइतबार ०७:२५:०० मा प्रकाशित

बैतडी : बैतडीमा शनिबार ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुने ट्रकका सह–चालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् ।  ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना ६ ख ४४५० नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा दुर्घटनामा परेको हो । 

ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी चौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए ।
(अन्नपूर्ण पोष्ट अनलाइनबाट) 

ताजा खबर