कांग्रेस पदाधिकारी बैठक आइतबार

२०७७ असार १४ आइतबार ०७:२०:०० मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ। 

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो। 

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो। 

कांग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो। 
(अन्नपूर्ण पोष्ट अनलाइनबाट)

ताजा खबर