अमेरिकामा कम्तिमा दुई करोड संक्रमित !

२०७७ असार १३ शनिबार ०८:५५:०० मा प्रकाशित

पछिल्लो समयमा अमेरिकी स्वास्थ अधिकारीहरले गरेको अनुमान अनुसार अहिले समममा अमेरिकामा कम्तिमा दुई करोड मानिस कोभिड – १९ संक्रमित भइसकेको हुनुपर्दछ ।

अमेरिकाको रोग नियनत्रण केन्द्रहरु ( सिडिसि ) ले वास्तविक संक्रमित संख्या अहिले सार्वजनिक भएको भन्दा दश गुणा बढि हुने दावी गरेको छ ।

संक्रमित हुने र उपचारका लागि अस्पतालमा भर्ना हुनेको संख्या ह्वात्तै बढेपछि टेक्सास राज्यमा जनजीवन सामान्यीकरण गर्दै जाने काम रोकिएको छ ।

अमेरिकामा अहिले सम्म २४ लाख व्यक्ति संक्रमित भएको तथा १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । केहि दक्षिणी र पश्चिमी राज्यहरुमा संक्रमण तिव्र गतिमा बढिरहेको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर