सामाजिक अभियन्ता ईद्वारा आफूलाई पक्राउ गरिएको कारण खुलाउन माग

२०७७ असार १३ शनिबार ०८:५१:०० मा प्रकाशित

शुक्रबार राती दरबार स्कवायर क्षेत्रबाट पक्राउ परेका सामाजिक अभियन्ता ई ले प्रहरीले असहयोग गरेको बताउँदै आफूलाई सहमती पत्रमा हस्ताक्षर गर्न लगाइएको जनाएका छन् ।  तर, आफूलाई किन प्रहरीले पक्राउ गर्‍यो भन्ने कारण नखुलाउदासम्म कुनै प्रकारको सहमती नगर्ने उनले बताएका छन् । ईसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्‍वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने जस्ता माग राख्दै अनसन बसेका उनलाई पक्राउ गरी जाउलाखेल पुलिस बिटमा लगिएको थियोे ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर