जापानबाट नेपाल फर्किनपर्ने नेपालीले जुन ३० भित्र फर्म भरिसक्न आग्रह

२०७७ असार १३ शनिबार ०८:१०:०० मा प्रकाशित

स्वदेश फर्किन चाहने जापानका नेपालीले यही जुन ३० तारिख अर्थात् असार १६ गतेभित्र फर्म भरिसक्नुपर्ने भएको छ ।  

जापानस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गरी नेपाल फर्किर्नैपर्ने अवस्थामा रहेका नेपालीले फर्म भरिसक्नुपर्ने समय सीमा तोकेको हो । यस अवधिभित्र फर्म नभरे पछि अन्य माध्यमबाट चार्टर्ड उडानमा नेपाल आउन पाऊँ भनेमा नपाइने दूतावासको सूचनामा उल्लेख छ ।  

यसअघि यही जुन २० र २५ तारिख जापानबाट जहाजमा नेपालीलाई स्वदेश ल्याइएको थियो । त्यसबेला छुटेका नेपालीलाई स्वदेश फर्किन अवसर प्रदान गर्न फर्म खुलाइएको दूतावासले जनाएको छ ।  


(नागरिक न्युजबाट)

ताजा खबर