पीसीआर परीक्षणका लागि १० वटा प्रयोगशाला थपिने

२०७७ असार १३ शनिबार ०७:३१:०० मा प्रकाशित

काठमाडौँ — कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ । पीसीआर परीक्षणको दायरा बढाउने उद्देश्यले मन्त्रालयले प्रयोगशाला थप्ने निर्णय गरेको हो । हाल मुलुकभर २३ वटा प्रयोगशाला सञ्चालनमा रहेको छ। 

मन्त्रालयका अनुसार थप गरिएका १० वटा प्रयोगशालाहरुमा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल रहेका छन् । यो सँगै पीसीआर परीक्षणका लागि प्रयोगशालाको संख्या ३३ पुगेको छ ।
(कान्तिपुर अनलाइनबाट)

 

ताजा खबर