संसारमा केवल मान्छे अशान्त छ

२०७७ असार १२ शुक्रबार १४:३१:०० मा प्रकाशित

हाम्रो साझा घर पृथ्वी,
चार खर्ब पचास अर्ब बर्ष पहिले अस्तित्वमा आयो । 


मान्छेको जात जनावर,
चारको साटो दुई खुट्टामा उभिएको ३० लाख बर्ष भयो । 
त्यो प्राणी तर मान्छे होईन, ‘सेपियन’ थियो । 
उसले बोल्नै जानेको थिएन । 


मान्छेले शब्दमा संवाद गर्न थालेको केवल ५० हजार बर्ष भयो । 
मान्छेले खेती शुरु गरेको, जनावर पालेर अमूक प्राणीको शोषण गरेको १० हजार बर्ष भयो । 
अनि मान्छेको जातले युध्द सिक्यो । पहिले उर्वर भूमि र पर्याप्त पानीका लागि !


मान्छेले पृथ्वीको गर्भमा लुकेका सून, चाँदी, तामा, फलाम आदि ईत्यादिका मूल्य बुझ्यो । 
यसैका लागि युध्द गर्यो । 
कब्जा गर्यो, तर शासन गर्न सकेन । 
मान्छेले त्यसपछि धर्म नामको बूटी निकाल्यो,
‘मेरो भगवान ठूलो, तेरो सानो !’ 


युध्द अहिले पनि जारी छ,
जारी रहनेछ !
आश्चर्य ! मान्छे बडा बलवान ! तर कमजोर !
मान्छे बन्नुभन्दा अर्बौं वर्ष अघि प्रकृतिले प्रयोग गरेको होस
मान्छे भन्दा पहिले 
पानीमा मेरुदण्ड नभएका जीवको उत्पत्ति भयो । 
जमीनमा अक्सिजन थिएन । 
अक्सिजनको उपलब्धता सँगै मानव जातको आगमनको शुरुवात भयो । 
गोही नजन्मिएका भए, मान्छेको अस्तित्व सम्भव थियो ? 
डाईनोसर र म्यामथ लोप नहुँदा हुन् त के मान्छे बाँच्ने वातावरण बन्थ्यो ? 
हाम्रो जीवनका लागि म यी सबै लूप्त प्राणी प्रति आभारी छु । 


अब एकैचोटी लामो फड्को मारौं,
१७ औं शताब्दिमा मान्छेले उद्योग खोल्यो, 
हिजो आएको भुसुनोले पृथ्वी कब्जा गर्यो 
मान्छे नामको जीव आएर–
बन बिनाश गर्यो, पानीको श्रोत प्रदुषित बनायो 
पृथ्वीको तापमान बढायो 
उम्रेको फल अर्कोलाई खान दिएन, 
भन्यो, यो मेरो हो । 
उसका बाउको शालिकमा परेवा पिच्च गर्छन्,
तर मान्छे भन्छ, होईन, यो मेरै हो । 


यमराज भन्छ– ‘तेरो जाने बेला भयो, 
‘बट नो ब्याग्स अलाउड’
थिंक अलाउड 
माई फेलो ह्युमन बीईङ्ग्स 
अर यू रियली ह्याप्पी ?
आफ्टर अल दिस ड्यामेज
द्याट यू क्रिएटेड ईन दिस वर्ल्ड ? 


संसारमा अरु सबैलाई शान्ति छ 
केवल मान्छे अशान्त छ
पृथ्वी अशान्त छ,
किनकि मान्छे अशान्त छ । 
के गर्न सक्ने क्षमता थियो, 
के गर्दैछौ ? 


मलाई थाहा छ, तिमी के गर्दछौ !
तिमी पैसा र पावर गन्दैछौ
बट्, लेट मी टेल यू लाउड़,
देयर्स नो ब्याग्गेज अलाउड ! 


धन्यवाद !
 

ताजा खबर