लिभरपुल इंग्लीश प्रिमियर लिगको च्याम्पियन

२०७७ असार १२ शुक्रबार ०९:०८:०० मा प्रकाशित

काठमाडौं। लिभरपुलले इंगलीश प्रिमियर लिगको उपाधि हात पारेको छ । बिहिबार राति सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले म्यान्चेष्टर सिटिलाई हराउँदा लिभरपुल उपाधि हात पार्न सफल भएको हो ।

जर्जन क्लोपको लिभरपुललाई एक मात्रै खेलमा जित हात पारे उपाधि सुनिश्चित हुने थियो । तर म्यान्चेष्टर सिटिले चेल्सीसँग हार बेहोर्दा लिभरपुललाई समात्न नसक्दा उसले उपाधि जित्न सफल भएको हो । सन् १९८९–१९९० पछि लिभरपुलको यो पहिलो प्रिमियर लिग उपाधि हो । लिभरपुलले उपाधि जितेको यो १९ औं अवसर पनि हो ।

लिभरपुलले उपाधि जितेसँगै एनफिल्डमा हजारौं समर्थक जमा भएर बधाई आदानप्रदान गरे । एनफिल्डका मेयरले भने घरमै बसेर खुशीयाली मनाउन गर्नुभएको आव्हानले समर्थकलाई रोक्न सकेनन ।

लिभरपुलका गोलकिपर एलिस्सन, डिफेन्डर भर्जिल भान डाइक र मीडफिल्डर एलेक्स अक्सलैड चैम्बरलैन सिटि र चेल्सीबीचको खेलपछि सँगै बसेर खुशीयाली मनाए । सन् १९७३ देखि १९९० को बीचमा लिभरपुलले ११ पटक उपाधि हात पारेको थियो ।

लिभरपुलले जारी संस्करणमा ३१ खेलमध्ये २८ मा जित हात पारेर ८६ अङ्क बटुलेको छ । दुईवटा बराबरी र एक खेलमा उसले हार बेहोरेको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर