घरमा लुकाई राखेको बम बिष्फोट, मौषमका दुवै हातका औंला चुडिए

२०७७ असार १२ शुक्रबार ०८:५३:०० मा प्रकाशित

इलाम । इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन् । बिहीबार राती देउमाई नगरपालिका-४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम उहाका २५ बर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिए ।

तत्कालीन बिद्रोही माओवादी र सेना बिच स्थानीय देविडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाए पछि घरमा लगेर लुकाई राखेको इन्सपेक्टर शाहले जानकारी दिए । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ । घाईते मौषमलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल लगिएको छ । काठमाडौंमा फर्निचरको काम गर्दै आएका मौषम भएको लकडाउनका कारण घर आएको प्रहरीले जनाएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर