भारतमा चट्याङ लागेर ८३ जनाको मृत्यु

२०७७ असार १२ शुक्रबार ०८:२९:०० मा प्रकाशित

भारतको विहारमा विहिवार चट्याङको कारण विभिन्न सथामा ८३ जना मानिसको ज्यान गएको छ । विहार सरकारले विभिन्न जिल्लामा उक्र संख्यामा मानिसको ज्यान गएको पुष्टि गरेको छ ।

यसैगरी उत्तर प्रदेशमा पनि चट्याङकै कारण केहि व्यक्तिको ज्यान गएको बताइएको छ । समाचार निकार पिटिआइले मारिने मध्ये अधिकांश दुर्घटनाकोेबला खेतमा काम गरिरहेका जनाएको छ ।

सबैभन्दा बढि गोपलगन्ज जिल्लामा मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरु प्रति समवेदना प्रकट गर्दै विहार र उत्तर प्रदेश राज्य सरकारले घटना प्रति तत्काल सम्बोधन गरिरहेका बताएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर