पाल्पाका थप ९३ जनामा कोरोना संक्रमण पाइयाे

२०७७ असार ११ बिहीबार ०९:४९:०० मा प्रकाशित

चितवन   । भरतपुर स्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाकाे स्वावमा काेराेना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहिवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार  गरिएको परीक्षणमा ठूलाे संख्यामा पाेजेटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ । 

यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाकाे स्वावकाे नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयाेगशालामा हिजाे २९७ जनाकाे परिक्षण गरिएको थियाे ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर