उदयपुरको त्रियुगा नगरपालिकाको बजेट १ अर्ब २ करोड

२०७७ असार ११ बिहीबार ०९:४३:०० मा प्रकाशित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब २ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको पाँचौं नगर सभा अधिबेशनमा नगर प्रमुख बलदेव चौधरीले १ अर्ब २ करोड ७ लाख ९६ हजार ४९ रुपैयाँ ८८ पैसाको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेका हुन् । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा कम हो ।

प्रस्तुत अनुमानित बजेटमध्ये महानगरपालिकाले आन्तरिक श्रोतबाट ९ करोड ३७ लाख ४१, संघीय सरकारबाट प्राप्त हुने बित्तिीय समानीकरण अनुदान २१ करोड १ लाख, सङ्घीय सरकारबाट प्राप्त हुन राजश्व बाँडफाँड १६ करोड ३ लाख २७ हजार ७१ रुपैया प्राप्त गर्ने अनुमान गरेको छ । त्यसैगरी प्रदेश सरकार बित्तिय समानीकरण अनुदान ८४ लाख ८२ हजार, प्रदेश सरकार सवारी कर बाँडफाँड १ करोड ७० लाख २८ हजार रुपैया रहेको छ ।

त्यसैगरी नगरपालिकाको समपुरक बजेट १ करोड ६८ लाख १८ हजार ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड ५० लाख रहेका छन । जसमा कुल सशर्त अनुदान ४७ करोड ७९ लाख, समपुरक अनुदान ६४ करोड र प्रदेश समपुरक अनुदान १ करोड रहेको जनाएका छन् ।

आगामी बजेट त्रियुगा नगरको आबधिक योजनाले परिकल्पना गरेको स्वास्थ्य, शिक्षित, उद्यमशील हाम्रो सहर समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगरको नारालाई सार्थक तुल्याउने गरी बजेट ल्याएको बताइएको छ । जसमा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्यमलाई पहिलो प्राथमिकतामा क्रमश राखेको पाइन्छ ।

निति तथा कार्यक्रममा दिगो बिकास, वातावरणमैत्री भौतिक पुर्वाधार तथा सामाजिक शहरी पूर्वाधारको ब्यवस्थापन गरी बसोबास योग्य स्वाच्छ, सभ्य र आधुनिक सहरका रुपमा बिकास गरिने जनाएको छ । एकीकृत फोहोरमैला ब्यवस्थापन तथा बहुउद्देश्यीय प्रशोधन केन्द्र र वायोग्यास प्लान्ट निर्माण तथा कार्यान्वय धुँवारहित भान्सा घर आगामी आर्थिक वर्ष भित्र नगर क्षेत्रमा खरको छाना भएको घर नहुने उल्लेख गरिएको छ । शिक्षाको क्षेत्रमा सिभिल ईन्जिनिरिङ्ग, कानुन, कृषि, भेटनरी, सुचना प्रबिधिको प्राबिधिक शिक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताए । बजार क्षेत्रमा घुम्ती शौचालय एक घर एक धारा, एक घर एक करेसाबारी, नगर पहिचान झल्ने तथा बाल उद्यानहरु निर्माण गर्न बजेट ब्यवस्था गरिएको जनाएका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर