पाकिस्तान विमान दुर्घटनाको कारण मानवीय त्रुटी

२०७७ असार ११ बिहीबार ०९:२०:०० मा प्रकाशित

गत महिना पाकिस्तानमा भएको पाकिस्तान इन्टरनेसन एयरलायन्सको एयरबस ए ३२० विमान दुर्घटनामा पायलट र एयर ट्राफिक कन्ट्रलको मानविय त्रुटीका कारण भएको बुधवार प्रकाशित दुर्घटना सम्बन्धी प्रारम्भिक प्रतितवेदनमा जनाइएको छ ।

उड्ययन मन्त्री गुलाम सरवार खाले उनीहरु प्रोटोकल अवलम्वन गर्न असफल रहेको तथा पायलट कोरोना भाइरस महामारीको कारण निकै अत्तालिएको जानकारी संसदलाई दिएका छन् ।

२२ मेमा लाहोरबाट उडेको सो विमान धावनमार्गमा अवतरण हुनु केहि क्षण अघि कराँचीको घना आवासिय क्षेत्रमा खस्दा ९७ जनाको ज्यान गएको थियो भने २ जना बाँच्न सफल भएका थिए । खानले पायलटले एयर ट्राफिक कन्ट्रोलरहरुको निर्देशन नमानेको तथा कन्ट्रोल रुमले पनि इन्जिन ठोकिरहेको जानकारी पायलटलाई नदिएको बताएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर