मनसुनी वायु र मनसुन न्युन चापीय रेखाको प्रभावः केही मुख्य नदीमा बहाव सतर्कतासम्म पुग्ने

२०७७ असार ११ बिहीबार ०९:१६:०० मा प्रकाशित

मुलुकभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकोले मुलुकका अधिकांश भूभागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले विभिन्न मापन केन्द्रमा लिईएको नाप अनुसार आजदेखि तीनदिनसम्म प्रमूख र मझौला नदीमा बहाव बढ्दो क्रममा हुने अनुमान गरिएको छ ।

जसमध्ये आज कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबईका केही साना सहायक नदीमा बहाव सतर्कतासम्म पुग्न सक्ने भनिएको छ । आगामी तीन दिन तराई भई बहने साना नदीमा जलसतह बढ्ने र केहीमा सतर्कता आसपास पुग्ने सक्ने महाशाखाले अनुमान गरिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर