विश्वभर कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको कमी : डब्ल्यूएचओ

२०७७ असार ११ बिहीबार ०९:१२:०० मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन कन्स्ट्रेटर (अक्सिजन सिलिन्डर) को कमी भएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले विका धेरै देश अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेको बताएका छन् । ‘यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ’ पत्रकार सम्मेलनमा गेब्रियासेस भने ।

हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताउँदै उनले भने, ‘प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६.२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’

यस्तै, विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको र केहि हप्ताभित्र १२० देशमा पठाउने योजना बनाएको गेब्रियासेस बताए ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर