कोरोना संक्रमणका कारण स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु

२०७७ असार ११ बिहीबार ०९:०६:०० मा प्रकाशित

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाँउपालिका सिरुवारीका पुरुषको निधन भएको हो । असार ८ गते अस्पताल भर्ना भएका ५५ बर्षका ती पुरुषको गएराती निधन भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकमा कोभिड १९ संक्रमण सँगै सिभियर न्युमोनिया,मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले निकालेको बिज्ञप्तीमा उल्लेख छ ।

यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ पुगेको छ । गण्डकीमा ज्यान गुमाउने संक्रमित दुवै जना स्याङजाका हुन् ।

यसअघि वालिङ ३ का ५८ बर्षका संक्रमितको पोखरामा नै मृत्यु भएको थियो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर