भारतले दर्जनौं पाकिस्तानी कुटनीतिज्ञलाई निकाला गर्दै

२०७७ असार १० बुधबार ०९:१६:०० मा प्रकाशित

काठमाडौं । भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी दूताबासका आधाभन्दा बढी कुटनीतिज्ञलाई निकाला गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार आतंकवादीसँग साँठगाँठ गरेको तथा जासूसीमा संलग्न रहेको आरोपमा भारतले पाकिस्तानी कुटनीतिज्ञलाई निकाला गर्न लागेको हो । पाकिस्तानले गत् साता दुईजना भारतीय कुटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

भारतको विदेश मन्त्रालयले त्यत्तिकै संख्यामा इस्लामाबादस्थित आफ्नो दूताबासबाट कुटनीतिज्ञलाई फित्र्ता बोलाउन लागेको जनाएको छ । पाकिस्ताननका अधिकारीहरुबाट भारतीय विदेश मन्त्रालयको निर्णयमा तात्कालै कुनै प्रतिक्रिया आएको छैन् ।

तीन साताअघि भारतले दुईजना पाकिस्तानी कुटनीतिज्ञलाई देश निकाला गरेपछि दुबै देशबीच तनाब बढेको छ । गत् साता पाकिस्तान सरकारले दुईजना भारतीय कुटनीतिज्ञलाई नियन्त्रणमा लिएको थियो । पैदलयात्रीलाई ठक्कर दिदा दुबैजनालाई नियन्त्रणमा लिएको पाकिस्तानले जनाएपनि भारतले दुबै कुटनीतिज्ञलाई बन्धक बनाएको दाबी गरेको थियो ।

दुबै देशले दूताबासमा कुल ११० कर्मचारी रहन हुने सहमति गरेको छ । यद्दपी अहिले दुबै देशस्थित दूताबासमा ९० जना कर्मचारी छन् । भारतीय विदेश मन्त्रालयको निर्णयपछि दुबै देशबाट करीब ३५ जना कर्मचारी फर्किनेछन् ।
(गोरखापत्र अनलाइनबाट)
 

ताजा खबर